२१ जेठ २०८३, बिहीबार

५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि

माघ २९, २०७५
५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि

काठमाडौं–काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माएकी छिन्, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि।

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा नूतन शर्माको क्लिनिकमा पुगेकी ती महिलालाई उनको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ।
 महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो। तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा शर्माको टोली त्यसमा सफल भएको छ।

ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो।
नेपाली समाजमा विवाहपछि सन्तान नहुँदा परिवार र समाजले समेत निःसन्तानको सज्ञा दिँदै हेयको दृष्टिले हेर्ने गर्दछ। शुभ कार्यमा समेत प्रवेश दिँदैन छ।
डा शर्मा भन्छिन्– ‘ती महिलाको जिन्दगीको सबैभन्दा ठूलो पीडा विवाहपछि सन्तान प्राप्ति नहुँदाको थियो।’

उनका अनुसार बाँझोपनको मूल कारण स्वास्थ्य तथा शारीरिक समस्या हो। उपचार गरे निको हुन्छ र सन्तान पनि हुन्छ। यी महिला नेपालकै लागि नमुना सावित भएकी छन्। यो विज्ञानकै लागि एउटा ठूलो चुनौती र राम्रो अवसर भएको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार सन्तान नभएर पीडामा परेका आमा, बुबा, परिवार र समाजका लागि यो निकै महत्वपूर्ण सन्देश हो।

अब आमा बन्नका लागि कुनै उमेर समूहले रोक्दैन। विज्ञान प्रविधिले असम्भवलाई पनि सम्भावनामा परिणत गरिसकेको छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। ती महिलाको नाम भने हाल खुलाइएको छैन । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्