
पोखरा – पोखराको लेकसाइडमा एक किशोरको घाँटी रेटेर हत्या भएको छ ।
पाल्पा घर भइ हाल लेकसाइडमा बाबुआमासँग बस्दै आएका १४ वर्षीय सचिन सिँञ्जालीको घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलवार शव फेला परेको छ ।
उनको हल्लनचोकस्थित एक निर्माणाधीन भवनमा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
बालकको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।