२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीको गुनासो– प्रहरी प्रशिक्षण केन्द्र सार्न खोज्दा राष्ट्रपतिले छिमेकी पिरेको भनियो !

प्रधानमन्त्रीको गुनासो– प्रहरी प्रशिक्षण केन्द्र सार्न खोज्दा राष्ट्रपतिले छिमेकी पिरेको भनियो !
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय शीतल निवास नजिकै रहेको प्रहरी प्रशिक्षण केन्द्र पनौतीमा सार्ने काम शुरू भएको बताएका छन् । प्रशिक्षण केन्द्र साँघुरो भयो भन्ने आवाज उठेकाले सार्न लागिएको उनको भनाइ छ । 

‘धेरै पहिलादेखि नै साँघुरो भयो भन्ने आवाज आएको थियो, पनौतीमा ठाउँ किनिएको पनि थियो । सरकारले स्थानातरण गर्ने काम, प्रारम्भ गरेको छ,’ प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा ओलीले भने, ‘केही ले अनुचित खालका टिप्पणी पनि गरे । राष्ट्रपतिले लखेट्न खोजेको आरोप लगाए । छिमेकी पिरेको भन्ने खालको टिप्पणी पनि गरे । सरकार देश र जनताका लागि जे गर्नुपर्छ, त्यो गर्न तयार छ ।’

राष्ट्रपतिको सुविधाका लागि हेलिप्याड बनाउन प्रशिक्षण केन्द्र पनौती सार्न खोजिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा विरोध जनाएको थियो ।

प्रहरी प्रशिक्षण केन्द्र सार्ने निर्णयको विरोधमा पूर्व प्रहरी अधिकारीले गरेको टिप्पणीप्रति पनि प्रधानमन्त्री ओलीले आक्रोश पोखे । 

कार्यक्रममा प्रहरी तालिम पूरा गरेका ९५ जनालाई दीक्षित गरिएको थियो ।.

salt training

कमेन्ट गर्नुहोस्