२१ जेठ २०८३, बिहीबार

बाजुरामा १ लाख ३१ हजार रुपैयाँसहित ६२ जुवाडे पक्राउ

बाजुरामा १ लाख ३१ हजार रुपैयाँसहित ६२ जुवाडे पक्राउ

मार्तडी – जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले ४ महिनामा ६२ जुवाडेसहित १ लाख ३१ हजार रुपैयाँ बरामद गरेको छ । 

सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

कात्तिकमै मात्र ४ जुवाखालबाट १ लाख १६ हजार नगदसहित २५ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । भाटले भने, ‘जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा आवतजावत गराएमा उक्त व्यक्तिलाई कानूनी कारवाही गरिने छ ।’ 

स्थानीयस्तरमा रहेका होटल तथा पसलमा जुवातास खेल्नेलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए ।

जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा मदिरा खाएर होहल्ला गर्ने ४ सयलाई प्रहरीले कारवाही गरेको जनाएको छ । प्रहरीले ४ महिनामा ३ हजार ३२ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्