१२ असार २०८३, शुक्रबार

नागरिकता विधेयक हुबहु पारित भए खतरा बढ्छ : अध्यक्ष केसी

नागरिकता विधेयक हुबहु पारित भए खतरा बढ्छ : अध्यक्ष केसी

पाल्पा- राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रशस्त नदीनाला भएकाले जलविद्युत्को सम्भावना राम्रो रहेको बताउनुभएको छ । नदीनालाको भरिपूर्ण प्रयोग हुन नसक्दा विदेशीका भरमा बिजुली बाल्नुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले संसद्बाट नागरिकता विधेयक हुवहु पारित भएमा विदेशी नागरिकले पनि सजिलै वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने खतरा बढेको बताउनुभयो ।

उहाँले विदेशीले सजिलै नागरिकता पाएमा मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, आइजीपी, प्रधानन्यायाधीश विदेशी बन्ने बाटो खुल्ने खतरा रहेको केसीले औँल्याउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्