
काठमाडौं — बेलायती आर्ट्स इन्जिनीयरिङ कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेर फिमेल रोबोट तयार गरेको जनाएको छ । उक्त रोबोटले मानिसको तस्वीर बनाउन सक्छ ।
संसारको यो पहिलो किसिमको रोबोटा भएको कम्पनीको दाबी छ । रोबोटको नाम एआई–डा राखिएको छ ।
रोबोटलाई एडन मेलरले यसलाई डिजाइन गरेका हुन् । संसारको पहिला महिला कम्प्युटर प्रोग्रामर एडा लवलेसको नाम रोबोटलाई दिइएको हो ।
एडनका अनुसार, एआई–डाको आँखामा क्यामरा लगाइएको छ जसको सहायताले उसले अनुहार चिन्छे । अनि पेन्सिल स्केच बनाउन सक्थे । यसलाई संसारको पहिलो व्यावसायिक ह्युमनोइड आर्टिस्ट भनिएको छ ।
रोबोटले मानिससँग आई कन्ट्याक्ट पनि गर्न सक्छ । मानिसले जस्तै मुख खोल्ने र बन्द गर्ने पनि उसको क्षमता छ । यसबाहेक एआर्ई–डा मानिससँग कुराकानी पनि गर्न सक्छ ।
यसको मोडल तयार पारेर परीक्षण समेत गरिसकिएको छ ।
इन्जिनीयरहरूका अनुसार, यसमा रोबोथेस्पियन बडी हुनेछ जसले हाउभाउ पनि देखाउनेछ । डिजाइनरहरूले यसलाई मानिस जस्तो देखाउने कोशिश गरिरहेका छन् । उनीहरूका अनुसार, रोबोटको लामो कपाल, सिलिकन स्किन र थ्रीडी प्रिन्टेड दाँत र गिजा हुनेछन् ।
एजेन्सी