३० जेठ २०८३, शनिबार

हिरो गोल्डकप : नेपाल उपविजेतामै सीमित

हिरो गोल्डकप : नेपाल उपविजेतामै सीमित

काठमाडौं– भारतमा सम्पन्न हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । 

म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यान्माका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यान्माले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा विन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् । 

नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्