२९ असार २०८३, सोमबार

विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं : प्रचण्ड

विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता भयो भने जस्तोसुकै चुनौती छिचोल्न सकिने बताएका छन् ।

शनिवार भक्तपुरको हनुमन्ते सरसफाइ अभियानको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, 'एकता भयो भने जस्तासुकै चुनौती छिचोल्न सकिन्छ । हिजो शान्ति प्रक्रियामा पनि हामीले एकता प्रदर्शन गर्‍यौं, संविधान निर्माणमा पनि एकता प्रदर्शन गर्‍यौं, अब विकास र समृद्धिमा पनि एकता प्रदर्शन गरौं ।’

अध्यक्ष प्रचण्डले हनुमन्ते सरसफाइ अभियानले देशभरि सन्देश दिने बताए । उनले भने, 'म एकछिनपछि बालुवाटार जाँदैछु, अनि धादिङ जाँदैछु । एक ठाउँमा भएको विकासको सन्देश अर्को ठाउँमा पुर्‍याउन मैले आवश्यक ठानेको छु । तपाईंहरुको यो अभियानले पनि देशव्यापी सन्देश दिनुपर्छ ।’

अध्यक्षले नयाँ उर्जाका साथ काम गर्दा समृद्धि टाढा नभएको बताए । उनले भने, 'हामीले नयाँ उर्जा र उत्साह लिएर जनतामा जानुपर्छ । विकास र समृद्धिको यात्रामा हाम्रो एकता र उर्जा जरुरी छ । हामी सबै त्यसैका लागि लागौं र अघि बढौं ।’

salt training

कमेन्ट गर्नुहोस्