३० जेठ २०८३, शनिबार

स्मार्टफोनमा दिनको सात घण्टाभन्दा बढी समय बिताउने बालबालिकालाई हुनसक्छ मानसिक असर

फागुन ५, २०७५
स्मार्टफोनमा दिनको सात घण्टाभन्दा बढी समय बिताउने बालबालिकालाई हुनसक्छ मानसिक असर

काठमाडौँ– तपाईंको घरमा बालबालिकाले धेरै फोन, ल्यापटप या ट्याब चलाउँछन् भने विचार पु¥याउने बेला आएको छ । चिकित्सकले स्मार्टफोन र भिडियो गेममा दिनको सात घण्टाभन्दा बढी समय बिताउने बालबालिकालाई कोर्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समयअगावै पातलो हुनसक्ने चेतावनी दिएका छन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक रोग विभागका प्रमुख डा रवि शाक्यले स्क्रिनमा धेरै समय बिताउनु बच्चाको आँखाका लागि मात्र नभई मस्तिष्कका लागि समेत हानिकारक भएको जानकारी दिए । 
उनका अनुसार छ वर्षसम्मका बच्चाको मस्तिष्क तीब्र रूपमा विकसित हुने हुँदा बच्चा बसिरहनुको साटो उनीहरूलाई रचनात्मक प्रोत्साहनको आवश्यकता हुन्छ तर स्क्रिनका सामग्रीले निष्क्रियतालाई बढावा दिन्छ । एकपटकमा १० मिनेटभन्दा बढी स्क्रिनमा बिताउँदा मस्तिष्क विकास प्रभावित हुने जानकारी दिँदै शाक्यले थपे, ‘‘बालबालिकाको स्क्रिनमा बिताउने समय बृद्धि भएको छ ।’’ 
काम सिध्याउनका लागि बच्चालाई मोबाइल दिएर भुलाउनु निकै उपयोगी लाग्न सक्छ वा बच्चालाई भिडियो देखाएर खाना खुवाउन सजिलो हुनसक्छ तर यसले बच्चाको स्वास्थ्यमा विभिन्न दीर्घकालीन समस्या निम्त्याउन सक्ने विज्ञको सुझाव छ ।
स्क्रिनमा अत्यधिक समय बिताउँदा बालबालिकामा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्न सक्ने जानकारी दिदै यसले आँखामा अत्यधिक तनाव पैदा गर्न सक्छ वा यो आँखाको सुख्खापनको कारण पनि हुनसक्छ, डा शाक्यले जानकारी दिए । 

धुलिखेलस्थित मानसिक रोग विशेषज्ञ डा रिचा अमात्यले धेरै मोबाइलजस्ता समग्री बच्चाहरुले चलाएमा ‘अटेन्सन डिफिसिट हाइपरअ्याटिक्भीटी’ को समस्या हुने पनि जानकारी दिइन् । आजको गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्