३१ जेठ २०८३, आइतबार

ट्रक अनियन्त्रित भई रुखमा ठोक्कियो, दुई जनाको मृत्यु

ट्रक अनियन्त्रित भई रुखमा ठोक्कियो, दुई जनाको मृत्यु

राजविराज – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

उनीहरूको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्