३१ असार २०८३, बुधबार

दस रुपैयाँमै साडी !

दस रुपैयाँमै साडी !

हैदराबाद– भारतको हैदराबादस्थित एक सपिङ मलले भारतीय दस रुपैयाँमा साडी बिक्री शुरु गरेपछि भागदौड भएको छ । अधिकारीका अनुसार सिद्दिपेटको सीएमआर सपिङ मलले साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको अत्याधिक भीड लागेको थियो । 

किनबेचका क्रममा भएको भाडदौडमा दर्जनौं मानिसहरु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार एक महिलाले भागदौडका क्रममा ५ तोलाको सुनको सिक्री, ६ हजार नगद र डेबिड कार्ड हराएको भन्दै निवेदन दिएकी छन् । 

प्रहरीले घटनाबारे छानबिन शुरु गरिसकेको छ । ठूलो संख्यामा महिला र किशोरीहरु साडी खरिद गर्न भेला भएका थिए ।, कान्तिपुरबाट
 

salt training

कमेन्ट गर्नुहोस्