१९ असार २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले आज मेघालयसँग खेल्ने

अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले आज मेघालयसँग खेल्ने

काठमाडौँ– मंगलबारदेखि भारतको गुहावटीमा शुरु भएको डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार पहिलो खेल भारतको मेघालयसँग प्रतिष्पर्धा गर्ने भएको छ । सोमबार त्यसतर्फ गएको नेपाल यू–२१ टोलीले आज अभ्याससमेत गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

नेपाली टोलीले गुहावटीको नेहरू मैदानमा अभ्याससमेत गरेको थियो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालसँँगै समूह ‘बी’मा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । दोस्रो खेलमा नेपालले त्रिपुरासँग यही फागुन ९ गते खेल्नेछ । 

प्रतियोगिताको तेस्रो खेलमा नेपालले यही फागुन ११ गते मनिपुरसँग खेल्नेछ । चौथो खेल १२ गते मिजोरामसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा फागुन १३ गते नागाल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । उक्त च्याम्पियनशिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेण्डरमा राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ र प्रेजन तामाङ छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्