
तनहुँ– तनहुँ जिल्ला अदालतले बलात्कारसम्बन्धी मुद्दा १४ दिनमै फैसला गरेको छ । शुक्लागण्डकी नपा वडा नम्बर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी प्रतिवादी रहेको बलात्कारसम्बन्धी मुद्दामा अदालतले सोमबार फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादी रेग्मीलाई सफाई दिएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै सोही वडाकी एक महिलाले मंसिर ६ मा इलाका प्रहरी कार्यालय बेलचौतारामा जाहेरी दिएकी थिइन् ।
त्यसपछि फरार रहेका रेग्मीले माघ ७ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए भने २२ माघमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।