०३ असार २०८३, बुधबार

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

फागुन १०, २०७५
नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

काठमाडौं– सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरेँ,’ नेम्बाङले बताए । नेम्बाङले आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए । 
सार्वजनिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिरियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्