१९ असार २०८३, शुक्रबार

सन् २०२४ को पेरिस ओलम्पिकमा ब्रेक डान्सलाई समेत खेल प्रतियोगिता बनाइने प्रस्ताव

फागुन १०, २०७५
सन् २०२४ को पेरिस ओलम्पिकमा ब्रेक डान्सलाई समेत खेल प्रतियोगिता बनाइने प्रस्ताव

काठमाडौं — ओलम्पिक आयोजनलाई थप प्रभावकारी र रंगीन बनाउनका लागि लगातार नयाँ खेल जोडिएका छन् । अब ब्रेक डान्सलाई पनि ओलम्पिक खेलमा समावेश गर्न सकिनेछ । 

पेरिसको स्थानीय ओलम्पिक समितिले बिहीवार यसको जानकारी दिएको हो । सन् २०२४ को ओलम्पिक पेरिसमा हुन लागेको छ । 

त्यसबाहेक स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र सर्फिङ जस्ता खेल थपिने प्रस्ताव आएका छन् । 

पेरिस ओलम्पिक आयोजनाका स्थानीय समिति प्रमुख टोनी एस्टनगुएटले यसको जानकारी दिएका हुन् । उनले भने, ‘ओलम्पिक खेलको आयोजनलाई थप कलात्मक बनाउनका लागि चार नयाँ खेल थपिएको छ । प्रभावकारी र आश्चर्यजनक बनाउने खेलहरू समावेश गर्ने हाम्रो कोशिश हो । पेरिस २०२४ को पहिचानलाई सही अर्थमा चिनाउने चार खेल संलग्न गर्नका लागि हामीले ओलम्पिक संघमा प्रस्ताव पठाएका छौं ।’

यी चार खेलमा प्रस्तावमाथि अन्तिम फैसला अन्तर्राष्ट्रिय ओलम्पिक संघले नै लिनेछ । विश्वका केही देशमा ब्रेकडान्सको निकै क्रेज छ र सन् २०१८ को युथ ओलम्पिकमा यसलाई खेलका रूपमा संलग्न गरिएको थियो । 

स्थानीय आयोजकहरूका अनुसार, चार नयाँ खेल समावेश गर्नका लागि स्थायी संरचना बनाउनुपर्ने आवश्यकता पनि छैन । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्