काठमाडौं –प्रतिपक्षी दलकी एक सांसदले पशुपति शर्माको गीतबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सही सूचना दिन माग गरेकी छन् ।
गलत सूचना दिइएकै कारण प्रधानमन्त्रीले जनताले मन नपराएकाले पशुपति शर्माले गीत हटाएको भनेर गलत तथ्य पेश गरेको हुनसक्ने भन्दै कांग्रेस सांसद पार्वती डिसी चौधरीले यस्तो माग गरेकी हुन् ।
प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधनका क्रममा भनेको कुरा तथ्यगत रूपमा गलत भएको भन्दै उनले भनिन्, 'प्रधानमन्त्रीलाई सही सूचना दिइयोस् ।'
प्रधानमन्त्रीले के भनेका थिए ?
पढ्नुहोस्, यो पनि :
पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीले मुख खोले- गरी खाएर काम लाग्दैन, लुटेर खा भाइ, लुट !