३० जेठ २०८३, शनिबार

दुर्घटनामा सांसदको निधनपछि प्रदेश सरकारले बनायो सडक सुरक्षा सुझाव समिति

फागुन १०, २०७५
दुर्घटनामा सांसदको निधनपछि प्रदेश सरकारले बनायो सडक सुरक्षा सुझाव समिति

बुटवल – ५ नम्बर प्रदेश सरकारले प्रदेश सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रदेशका प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा गठन गर्ने समितिले सडकको सुरक्षाको विषयमा अध्ययन, अनुसन्धान गर्ने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले निधन भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको शोक प्रस्ताव पारित गरेको छ ।
  
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठक आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश प्रहरी प्रमुख सदस्य र भौतिक पुर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहने गरी सडक सुरक्षा सुझाव समितिका गठन गरेको छ । 

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गठन भएको समितिले गठन भएको २ महिनामा सुझाव पेश गर्नको लागि समेत निर्देशन गरेको जानकारी दिए । 
मन्त्रिपरिषद्को बैठकले २ वटा पालिकाको केन्द्र परिर्वतनको लागि आएको प्रस्तावलाई संघीय सरकारमा पेश गर्ने निर्णय गरेको छ । 

दाङ जिल्लाको शान्ति नगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नम्बर ४ जुम्लेकुँलामा सार्ने गरी गाउँपालिकाबाट प्रस्ताव आएको थियो । बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ स्थित बाबाकुटीमा सार्ने प्रस्ताव गाउँपालिकाबाट आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्