३१ असार २०८३, बुधबार

नेकपा नेता अधिकारीको स्वास्थ्यमा सुधार

फागुन ११, २०७५
नेकपा नेता अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिए । 

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु)मै राखेर गरिएको छ । गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो ।

स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको बयासी वर्षीय अधिकारीको उपचारमा डा. राजु पङ्गेनी, डा. मनबहादुर केसी र डा. अर्जुन कार्कीलगायत संलग्न छन् । 

salt training

कमेन्ट गर्नुहोस्