३१ असार २०८३, बुधबार

अवैध चाँदीसहित एक जना पक्राउ

फागुन ११, २०७५
अवैध चाँदीसहित एक जना पक्राउ

जितपुर- कपिलवस्तुमा प्रहरीले पाँच लाख रुपैयाँ बराबरको अवैध चाँदीसहित एकलाई पक्राउ गरेको छ । 

कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा प्रहरी टोलीले बर्माको शरीर खानतलासी गर्दा सेतो रङको आसकोटभित्र चाँदी फेला पारेको बताइएको छ । 

आसकोटभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने आयात आकारको थान ४ (चार) ८ किलो ४०० चाँदी फेला परेको प्रहरीको भनाइ छ ।

बरामद गरिएको चाँदीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएकोे छ । 

salt training

कमेन्ट गर्नुहोस्