३० असार २०८३, मंगलबार

मोरङका ३ गाउँपालिकामा किशोरी परियोजना शुरू, ४ हजार लाभान्वित हुने

फागुन ११, २०७५
मोरङका ३ गाउँपालिकामा किशोरी परियोजना शुरू, ४ हजार लाभान्वित हुने

विराटनगर- मोरङ जिल्लाको तीनवटा गाउँपालिकामा किशोरी परियोजना शुरू भएको छ ।

ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका ६ विद्यालय र ३ वटा हेल्थपोष्टमा यो कार्यक्रम शुरू भएको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा नारी विकास संघले ६ वटा विद्यालय तथा ३ वटा स्वास्थ्य चौकीमा कार्यक्रम गर्न लागेको हो । परियोजनाअन्तर्गत विद्यालय तथा हेल्थपोष्टमा शौचालय निर्माण, महिनावारीको समयमा आराम कक्ष, बालिका मैत्री हेल्थपोष्ट बनाउन लागिएको हो ।

त्यस्तै परियोजनाले किशोर किशोरी मैत्री समुदाय निर्माण गर्ने छ । एक घर एक स्नान घरको रुपमा लैजाने तयारी परियोजनाले गरेको छ । विशेषगरी भौतिक संरचना निर्माण र बालबालिका तथा अभिभावक लक्षित तालिम र अन्तरक्रिया समेत परियोजनामा समेटिएको छ । 

परियोजनामा परेका विद्यालयहरूमा ग्रामथानको बेगनलाल आधारभूत विद्यालय र सरस्वती मा. वि, बुढीगंगा गाउँपालिकाको सरस्वती र नारायण मा.वि तथा कटहरी गाउँपालिकाको प्रजातन्त्र मा.वि र रामजानकी आधारभूत विद्यालयलाई छनौट गरिएको छ ।

त्यस्तै ग्रामथान, कटहरी र बुढीगंगा गाउँपालिकाका हेल्थपोष्टमा पनि यो कार्यक्रम संचालनमा रहने नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिइन् । २०१९ जनवरीदेखि २०१९ डिसेम्बरसम्म परियोजनाले करीब ४ हजार किशोर-किशोरीसम्म पुगेर कार्यक्रम गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्