१९ असार २०८३, शुक्रबार

कुपोषण हटाउन राउटे बने सामाजिक कार्यकर्ता

फागुन १२, २०७५
कुपोषण हटाउन राउटे बने सामाजिक कार्यकर्ता

सुर्खेत– सामाजिक सेवा केन्द्र सोसेकले पाँच जना राउटेलाई नियुक्ति पत्र दिएको छ । राउटे मुखिया सुर्यनारायण शाही, वीरबहादुर शाही, दिलबहादुर शाही, महामुखिया मैनबहादुर शाही र प्रकाश बहादुर शाहीलाई नियुक्ति पत्र दिइएको हो ।

उनीहरूलाई राउटे सामाजिक कार्यकर्ताको रुपमा नियुक्ति दिइएको संस्थाका अध्यक्ष हिरासिंह थापाले जानकारी दिए । राउटे समुदायका पाँच वर्ष मुनिका २१ जना बालबालिकामा कुपोषण देखिएकोले मुखियालाई नै प्रयोग गरेर ती बालबालिकालाई सर्वोत्तम पिठोको लिटो खुवाउन यस्तो गरिएको  थापाको भनाई छ । 

अब नियुक्र भएका राउटेले हरेक महिना मुखिया सुर्यले २० हजार, अन्य चार जनाले १५ सयका दरले रकम बुझ्नेछन् । त्यतिमात्रै होइन अब राउटेलाई सोझै चेक हस्तान्तरण गर्ने र बैंकमा गएर सटही गर्न बानी पार्ने संस्थाको उद्देश्यक रहेको अध्यक्ष थापाको भनाई छ ।
 

salt training

कमेन्ट गर्नुहोस्