०२ असार २०८३, मंगलबार

शंकरप्लाजामा आगलागी, एक करोडको क्षति

फागुन १३, २०७५
शंकरप्लाजामा आगलागी, एक करोडको क्षति

बुटवल– रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारीक केन्द्र अमरपथस्थित शंकरप्लाजामा लागेको आगोबाट करिब एक करोडको क्षति भएको छ । सो भवनमा सञ्चालित फेन्सी पसलमा आगोले क्षति पुर्‍याएको हो । आगलागीबाट भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी पूर्णरुपले जलेर नष्ट भएको छ ।

आइतबार राति करिब १० बजे लागेको आगो राति १२ः३० मा नियन्त्रणमा आएको थियो । शंकरप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । 

फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि नै आगलागी शुरु भएको प्रहरीकाे अनुमान छ । विद्युत् लाइन सर्ट भएर आगलागी भएको बताइएकाे छ ।
 

salt training

कमेन्ट गर्नुहोस्