२१ असार २०८३, आइतबार

काँग्रेस प्रवेश गर्ने भनेर अन्तिम समयमा किन पछि हटे प्रेम तामाङ ?

फागुन १४, २०७५
काँग्रेस प्रवेश गर्ने भनेर अन्तिम समयमा किन पछि हटे प्रेम तामाङ ?

रसुवा– नयाँ शक्ति रसुवाको जिल्ला समितिका सबै सदस्य तथा भ्रातृ संगठनको जिल्ला समिति सोमबारदेखि औपचारिक रूपमा कांग्रेसमा विलय भएको छ । 

नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दी तामाङ नेतृत्वमा कांग्रेसमा एकता भएको हो । कांग्रेस रसुवाका सांसद मोहन आचार्यको प्रयासमा नयाँ शक्तिको जिल्ला समिति कांग्रेसमा विलय भएको हो । 

प्रदेश ३ मा नयाँ शक्तिका सदस्य प्रेम तामाङ प्रवेश गर्ने अन्तिम तयारी रोकिएको छ । कांग्रेस प्रवेश गर्दा प्रदेश सभाको सदस्य पद रहने वा नरहने स्पष्ट कानुनी ग्यारेन्टी नभएकाले तामाङ पछि हटेको बुझिएको छ । उनी सांसद पद सुरक्षित भएपछि मात्रै कांग्रेस प्रवेश गर्ने भएका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

तामाङलाई पार्टी प्रवेश गराउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत रसुवा पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्