३१ असार २०८३, बुधबार

मकवानपुर राष्ट्रिय औद्योगिक व्यापार मेलामा रिद्धि सिद्धी सिमेन्टद्वारा निःशुल्क बस सेवा

फागुन १४, २०७५
मकवानपुर राष्ट्रिय औद्योगिक व्यापार मेलामा रिद्धि सिद्धी सिमेन्टद्वारा निःशुल्क बस सेवा

मकवानपुर – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अवलोकन गर्न सहज होस् भन्ने हेतुले हेटौंडा १५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेलास्थल हेटौंडा ५ क्याम्पाडाँडासम्म निःशुल्क ओसारपसार गर्ने भएको छ ।

संघको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उद्योगले उद्योगको उत्पादनलाई सहज ढंगले आमउपभोक्ता समक्ष पुर्याउन समय समयमा र विभिन्न स्थानहरुमा हुने मेला प्रदर्शनीहरुको ठुलो भुमिका रहने कुरालाई नकार्न सकिन्न ।

यिनै विषयलाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य संघको आयोजना हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी हुन पाउँदा खुशी भएको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले बताए ।

विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध, तथा विद्यार्थी वर्ग गरी करीब ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने मेलाको लागि रिद्धिसिद्धि सिमेन्ट प्रालिको तर्फबाट ३ वटा निशुल्क बस सेवा सञ्चालन गरिने बताए ।

फागुन १६ गतेदेखि सञ्चालन हुने मेलामा हेटौंडाको विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालन गरी दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवादिने लक्ष्य रहेको समेत खतिवडाले बताए ।

मकवानपुर जिल्लाका आसपासमा रहेका सामुदायिक विद्यालयहरूसँग समन्वय गरी मेला अवलोकनका लागि हरेक दिन सेवा दिइने पनि बताए । हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मउवा संघको चोक र सिमाचोक शितलमहल चोकबाट बस सेवा हुने खतिवडाले बताए ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा निर्माण सम्पन्न हुनै लागेको रिद्धिसिद्धि सिमेन्ट प्रालिले यस्तो मेलाको अवसरमा सेवा प्रदान गर्न लागेकोमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवादका साथ सहकार्य गरी अघि बढ्ने समेत बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कार्यसमिति सदस्य दीपक उप्रेती, सिमेन्ट उद्योगका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम संघका कार्यसमिति सदस्य तथा मेलाका यातायात तथा पार्किङ व्यवस्थापन समितिका संयोजक रवि कंडेल शर्माको अध्यक्षतामा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्