२९ असार २०८३, सोमबार

विवाहित व्यक्तिलाई जागिरमा सन्तुष्टि मिल्ने अनुसन्धानले देखायो

कात्तिक २०, २०७४
विवाहित व्यक्तिलाई जागिरमा सन्तुष्टि मिल्ने अनुसन्धानले देखायो
काठमाडौं, ३० फागुन — अमेरिकाको ओरेगन स्टेट विश्वविद्यालयका एक अनुसन्धानकर्ताले राम्रो विवाह सम्बन्धमा बस्ने कर्मचारीले काममा पनि खुशी रहने पत्ता लगाएका छन् । यस्ता खुशी कर्मचारीका कारण उनीहरू काम गर्ने संस्थालाई पनि फाइदा पुग्ने बताइएको छ ।


ओरेगन विश्वविद्यालयको कलेज अफ बिजनेसका असोसिएट प्रोफेसर कीथ लीभिटले अन्य अनुसन्धानकर्ताहरूसँग मिलेर विवाहित कर्मचारीहरूको काम तथा सेक्सको बानीका बारेमा अध्ययन गरेका थिए । दुई हप्ताको बीचमा १५९ जना विवाहित कर्मचारीलाई प्रतिदिन दुईवटा साना सर्वे फारम भर्न लगाइएको थियो ।

सेक्सबाट भरपूर आनन्द लिने कर्मचारीहरूले भोलिपल्ट लगनका साथ काममा लागेको र दिनभरि उनीहरूलाई काममा सन्तुष्टि पाएको भेटियो । राम्रो सेक्सको प्रभाव प्रायः २४ घण्टासम्म रहन्थ्यो । पुरुष र महिला दुवैको हकमा यो लागू हुन्छ ।

अनुसन्धानकर्ताहरूले वैवाहिक सन्तुष्टि र निद्राको क्वालिटीका आधारमा दिनदिनैको मूड निर्धारण हुने पत्ता लगाएका थिए ।

सेक्स गर्दा डोपामाइन र अक्सिटोसिन दिमागमा उत्पन्न हुन्छ जसले मूडलाई फ्रेश बनाउँछ, लीभिटले भने ।

जर्नल अफ म्यानेजमेन्टमा यसै महिना प्रकाशित यो अध्ययनले काम र जिन्दगीका बीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएको छ ।

रोजगारदाताले पनि आफ्ना कर्मचारीलाई कार्यालय समयपछि काम नथुपारेर जिन्दगी बिताउन दिनुपर्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।

सिन्ह्वाबाट

salt training

कमेन्ट गर्नुहोस्