२५ असार २०८३, बिहीबार

काठमाडौं र आसपासका क्षेत्रमा हिमपात

फागुन १६, २०७५
काठमाडौं र आसपासका क्षेत्रमा हिमपात

काठमाडौं– काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै हिमपात भएको हो । उच्च पहाडी क्षेत्र तथा काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहितका क्षेत्रमा हिमपात भएको छ । 

भक्तपुरको दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिमपात भएको छ । वर्षा पनि भएको छ । बुधबारदेखिको वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हिमपात भएको हो । लगातारको बदली तथा वर्षाका कारण चिसो पनि बढेको छ ।

आज दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च हिमाली भु–भागहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्