
काठमाडौं– राजपाले पार्टीको साधारण र सक्रिय सदस्यता वितरण र नवीकरणको म्याद पुनः थपेको छ । पार्टीको अध्यक्षमण्डलको बैठकले चौथोपटक म्याद थपेर फागुन समसान्तसम्म पुर्याएको हो ।
आगामी वैशाख ७–९ सम्म महाधिवेशनको मिति तय गरेको राजपाले सदस्यताको माग जिल्ला जिल्लामा अझैं रहेको निष्कर्ष निकाल्दै १५ दिनका लागि म्याद थपेको महाचिव केशव झाले जानकारी दिए । राजपाले महाधिवेशनको मिति घोषणा गर्दा मंसिर मसान्तसम्म सदस्यता वितरण र नवीकरण गर्ने समय तोकेको थियो ।, नयाँ पत्रिकामा खबर छ ।