![[अपडेट] : रवीन्द्र अधिकारीसहित सात जनाकै शव काठमाडौं ल्याइयो](https://lktcdn2.prixacdn.net/media/Dead_Body_qsVR24Yizn.jpg)
काठमाडौं – ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरले ताप्लेजुङको सुकेटार विमानस्थलबाट शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो ।
पाथीभरा मन्दिरमा दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।
शव हिजै काठमाडौं ल्याउने तयारी भएपनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो । बिहानैदेखि भएको हिमपातका कारण मध्याह्न मात्र हेलिकप्टर उडाउन सम्भव भएको हो ।
हेलिकप्टर उड्दा पनि विमानस्थलमा हिउँले ढाकेको थियो ।

विमानस्थलबाट शव पोस्टमार्टमका लागि सिधै टिचिङ हस्पिटल लगिने छ ।
मन्त्री अधिकारीसहित मृतकहरूको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने छ ।
मन्त्री अधिकारीको अन्त्येष्टि भने गृहजिल्ला कास्कीमै गर्ने तयारी छ ।