२५ असार २०८३, बिहीबार

अनुगमन टोली पुग्दा विराटनगरका फार्मेसी सञ्चालकको भागाभाग

फागुन १६, २०७५
अनुगमन टोली पुग्दा विराटनगरका फार्मेसी सञ्चालकको भागाभाग

विराटनगर-विराटनगरमा रहेको नोबेल अस्पताल बाहिरका  फार्मेसीमा औषधि व्यवस्था विभागको टोली अनुगमन टोली पुग्दा फार्मेसीका संचालकहरु सटर नै बन्द गरेर भागेका छन् । 

सरकारी टोली अनुगमनमा पुग्दा नहर पूर्व  सञ्चालनमा रहेका आधा दर्जन बढी फार्मेसीका संचालकहरु पसल नै बन्द गरेर भागेका हुन् ।

क्षेत्रीय कार्यालयबाट अनुगमनकालागि  दुई जनाको टोली त्यहाँ पुगेको थियो । टोली देखेपछि ७ वटा फार्मेसीका सञ्चालकहरु भागेका  थिए । बमभोले फार्मेसीले प्रकृया पुरा  नगरी सञ्चालन गरेको उजुरी परेपछि अनुगमनकालागि फार्मेसी निरिक्षक दिपेन्द्र खड्का र फार्मेसी फाँटका कर्मचारी चर्तुभुज यादव त्यहाँ पुगेका थिए । 

अनुगमन टोली त्यहा पुगेको खबरले नहरपूर्व सञ्चालनमा रहेका फार्मेसीका सञ्चालकहरु सटर बन्द गरेर भागेको  फार्मेसी निरिक्षक दिपेन्द्र खड्काले जानकारी दिए । 
अनुगमनकालागि पुगेको टोली देखेर पूजा फार्मेसी, रानी फार्मेसी, त्रिबेणी मेडिकल र बोर्ड समेत नराखेका चारवटा फार्मेसी सञ्चालक भागेका थिए ।
सटर खोल्न लगाउदा व्यवसायी उपस्थित नभएपछि तत्काल बन्द गरी दुई दिन भित्र कार्यालयमा हाजिर हुन  निर्देशन दिएको  खडकाले बताए । अनुगमन टोलीले पूजा फार्मेसी, रानी फार्मेसी र बमभोले फार्मेसीलाई बन्द गरी तत्काल उपस्थित हुन औषधी ब्यवस्था विभागले निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्