०४ असार २०८३, बिहीबार

हिउँ हटाइ त्रिभुवन राजपथमाf यातायात सञ्चालन

फागुन १६, २०७५
हिउँ हटाइ त्रिभुवन राजपथमाf यातायात सञ्चालन

हेटौँडा- त्रिभुवन राजपथको सिमभञ्ज्याङ, दामन पालुङमा गएराति परेको बाक्लो हिउँ पन्छाइएको छ । हिउँ पन्छाइएपछि आज अपराह्नबाट हेटौँडा–काठमाडौँतर्फ यातायात सेवा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

उक्त सडकमा परेको डेढ मिटर हिउँ थाहा नगरपालिकासँग समन्वय गरी नून छर्केर एक्साभेटर प्रयोग गरी पन्छाइ यातायात सञ्चालन गरिएको पालुङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए

यसैगरी हेटौँडा कुलेखानी सडकअन्तर्गतको फाखेल सडक खण्डमा परेको हिउँ सडकबाट पन्छाई आजै अपराह्न हेटौँडा कुलेखानी हुँदै फाखेलको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति परेको अत्यधिक हिउँले हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने र सिमभञ्ज्याङ, दामन, पालुङ हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्