![हेलिकप्टर दुर्घटनामा निधन भएकाको श्रद्धाञ्जलिका लागि को-को पुगे टुँडिखेल? [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/shrdanjali_president_8dDBYF3835.jpg)
काठमाडौं– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जलि अर्पण गरिँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले टुँडिखेल पुगी श्रद्धाञ्जलि दिएका छन् । राष्ट्रपति भण्डारीले पहिले श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् ।
सरकारका मन्त्रीहरु, उच्च सरकारी अधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्तादेखि सर्वसाधारणले अहिले श्रद्धाञ्जलि दिने क्रम अहिले पनि चलिरहेको छ ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
तस्वीरमा हेर्नुहोस् को-कोले दिए श्रद्धाञ्जलि ?






