
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवंसर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी एक कार्यक्रमबीच शुक्रवार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे ।
बैंकले पशुपति मन्दिरमा आउने तीर्थालूको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । कक्ष सञ्चालनमा आएपश्चात् तीर्थालूले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् ।
सोही परिसरमा दर्शनार्थीको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरू समेत राखिएको बैंकले जनाएको छ । यसका पशुपति परिसरमा २४ औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटीएम समेत जडान गरी सञ्चालनमा ल्याइसकेको बैंकले जानकारी दिएको छ ।
यसअघि, बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकले ल्याउने सरसामानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९४ वटा शाखा लगायत ६३ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय ५७ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय १६ वटा एटीएम सञ्चालनमा रहेको छ ।