
काठमाडौं – एमएस ग्रूपका अध्यक्ष तथा वरिष्ठ उद्योगी शिवकुमार अग्रवालको भारतको चेन्नईमा ७६ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ताअघि थप उपचारका लागी भारत लगिएको थियो । अग्रवाल लामो समयदेखि मुटु तथा मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
अग्रवालका श्रीमती र दुई छोरा र एक छोरी छन् ।
शनिवार उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पनि पारिवारिक स्रोतले जनाएको छ ।
उनले एमएस ग्रूपमार्फत नेपालका विभिन्न स्थापित उद्योगहरूमा धागो उद्योग, चिनी उद्योग, तारे होटल र निर्माण लगायतका उत्पादनमूलक कार्यमा सेवाप्रवाह गरेका थिए ।