२२ असार २०८३, सोमबार

जन्ती बोकेको बस दुर्घटना, यात्रुको मृत्युपछि चालक फरार

फागुन २५, २०७५
जन्ती बोकेको बस दुर्घटना, यात्रुको मृत्युपछि चालक फरार
फाइल तस्बिर

चितवन– जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस माडी नगरपालिका–१ बन्कट्टामा ना७ख २२८ नंको बस अनियन्त्रित हुँदा पल्टिएको थियो । चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चालक फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्