११ साउन २०८३, सोमबार

सीके राउतलाई 'काठमाडौं स्कूल अफ ल' मा स्वागत हुँदैन : संग्रौला

फागुन २६, २०७५
सीके राउतलाई 'काठमाडौं स्कूल अफ ल' मा स्वागत हुँदैन : संग्रौला

काठमाडौं – पूर्वमहान्यायाधिवक्ता एवं 'काठमाडौं स्कूल अफ ल'का कार्यकारी निर्देशक डा. युवराज संग्रौलाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत आफ्नो कलेजमा आएको भन्ने समाचारको खण्डन गरेका छन् ।

विखण्डनकारी गतिविधिमा संलग्न भएका व्यक्तिलाई आफ्नो कलेजले स्वागत नगर्ने उनले स्पष्ट पारे ।

‘सीके राउतजस्ता विखण्डकारी काठमाडौं स्कूल अफ लमा आउने काम हुँदैन र आएपनि स्वागत हुँदैन,’ संग्रौलाले आइतवार समाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि आइतवार काठमाडौंबाट प्रकाशित एक दैनित्र पत्रिकाले बिहीवार थुनामुक्त भएलगत्तै राउत सुरक्षार्मी सहित भक्तपुरस्थित काठमाडौं स्कूल अफ लमा पुगेको समाचार लेखेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्