२२ असार २०८३, सोमबार

सरकारले सिके राउतसँग डरलाग्दो सम्झौता गर्‍यो : पूर्वमन्त्री थापा

फागुन २६, २०७५
सरकारले सिके राउतसँग डरलाग्दो सम्झौता गर्‍यो : पूर्वमन्त्री थापा

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाले सरकारले सिके राउत गरेको सम्झौता डरलाग्दो रहेको बताएका छन् ।

कहिल्यै उपनिवेशन नभएको नेपालको तराईमा जनमत संग्रह गराउने गरी स्वतन्त्र मधेशको माग गर्दै हिडेको व्यक्तिसँग सरकारले सम्झौता गर्नु मुलुकका लागि  दुभाग्यपूर्ण भएको दावी गरे । नेपालको स्वतन्त्रतामाथि गम्भीर संकट ल्याउने गरी राष्ट्रहित विपरीत सम्झौता भएको थापाको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राबारे जानकारी दिन आइतवार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘स्वतन्त्र मधेशका मुद्दा बोकेको सिके राउतसँगको सम्झौता दुर्भाग्यपूर्ण छ । यो सम्झौता देशको हितमा छैन । स्वतन्त्र मधेश हुनै सक्दैन । सरकारले गरेको यो सम्झौता डरलाग्दो र गैरजिम्मेवार छ ।’ सरकारले र सिके राउतबीच गएको शुक्रवार ११ बुँदे सम्झौता भएको छ । 

उनले आफूहरू जनताको मुद्दा बोकेर जनताको घरदैलोमा हिँडेको बताए । थापाले सनातन हिन्दूराष्ट्र नेपालको पुनःस्थापना गर्न आफूहरू स्वाभिमान यात्रामा हिँडेको बताए । फागुन १५ गते ताप्लेजुङबाट शुरू गरिएको अभियान सोमवार बुटवलमा आइपुग्ने पार्टीका अर्का नेता प्रदीप उदयले जानकारी दिए । 

यात्रा आइतवार नेपालगञ्जमा चल्नेछन् । नेपालगञ्जबाट सोमवार बिहान हिँडेर दिउँसो बुटवलको ट्राफिक चोकमा विशाल सभा गरिने उदयले जानकारी दिए ।

सभालाई पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहोरा नेताहरू निरञ्जन थापा र बुद्धिमान तामाङले सम्बोधन गर्नेछन् । बुटवलको सभापछि यात्रा पोखरा जानेछ ।

salt training

कमेन्ट गर्नुहोस्