२२ जेठ २०८३, शुक्रबार

प्रदेश नं १ लाई खेलकुदको राजधानीको रूपमा विकास गर्छौं : मुख्यमन्त्री राई

फागुन २६, २०७५
प्रदेश नं १ लाई खेलकुदको राजधानीको रूपमा विकास गर्छौं : मुख्यमन्त्री राई

फिक्कल- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताएका छन् । 

इलाममा आइतवारबाट शुरू भएको माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा उनले प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गरे । 

इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उनले भने, 'आगामी दिनमा १ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग उत्तिकै आवश्यक छ ।' प्रदेश सरकारको आयोजनामा अन्तरराष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उनले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताए । 

आयोजक माईध्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताए । यो प्रतियोगिता गोल्डकपको पाँचौ संस्करण हो । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टीमको सहभागिता रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्