×

NMB BANK
NIC ASIA

सुरक्षा चुनौती

अपराधको अखडा रूपन्देहीको देवदह : मनोज पुनको इन्काउन्टरपछि पनि रोकिएन हत्या शृृंखला

फागुन २७, २०७५

NTC
Premier Steels

बुटवल – रूपन्देहीको देवदहमा २०७३ पुस ४ गते तत्कालीन युवा संघ नेपाल रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । 

Muktinath Bank

२०७४ पुस २१ गते देवदहमै व्यवसायी तथा एमाले नेता निलकण्ठ पौडेलका छोरा बलु पौडेलको हत्या भयो । उनीहरू दुवैको हत्या कुख्यात अपराधी मनोज पुन र उनको समूहले गरेको प्रहरी पत्ता लगायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुन र उनका समूहलाई खोज्दै जाँदा प्रहरीको इन्काउन्टरमा परी अपराधी मनोज पुन र उनका सहयोगी सोम आले पनि देवदहको भवानीपुरमा मारिए । अपराधीहरू प्रहरीको इन्काउन्टरमा मारिएपछि रूपन्देही र देवदहबासी अब शान्त हुन्छ भन्ने महशुस गरेका थिए ।


Advertisment
Nabil box
Kumari

फेरि आइतवार राति देवदहमै अज्ञात समूहको आक्रमणमा परी देवदह–५ अनिस पुरीको मृत्यु भएको छ । शान्तिको महसुस गर्न थालेका देवदहवासी फेरि झस्किएका छन् । सुरक्षा निकायका प्रमुख र गृहमन्त्री रामबहादुर थापा जिल्लामै रहेको बेला देवदहमा युवाको हत्या भएपछि रूपन्देहीमा सुरक्षा चुनौती पनि थपिएको छ । 

Vianet communication

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले पुरीको हत्या संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरिएको बताए । त्यहाँको प्रकृति हेर्दा केटाहरुबीच विवाद हुँदा झगडा भएको देखिन्छ । ‘झगडाले उग्र रुप लिएपछि उनलाई ढुंगा र लाठीले हानेको देखिन्छ । हामी अनुसन्धानको क्रममा छौं,’ मल्लले भने ।

मृतक पुरीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि ल्याएको छ । देवदह बुटवलबाट झण्डै ३० किलोमिटर पूर्व पर्छ । त्यहाँ ठूलो शहरको रूपमा स्थापित भएको छ । पुरी तरुण दलको कार्यकर्ता रहेको बताइएको छ ।

देवदहका स्थानीय तथा नेकपा नेता सिद्धिचरण भट्टराईले देवदहमा एकअर्कोलाई अस्वीकार गर्ने प्रवत्ति बढ्दै जाँदा अपराधका घटना बढेको बताए । भट्टराईले भने, ‘त्यहाँ धेरै आर्थिक गतिविधि हुन्छ । युवाहरू कसरी छिटो धनी बन्ने भन्ने प्रवृत्ति बढेको छ । जसले गर्दा आपराधिक घटनाहरू पनि बढेका छन् ।’

यस्तो छ पुरीको हत्याको कारण

आइतवार साँझ ७ः४० बजे देवदह–९ बुद्धनगरमा पुरी सामूहिक आक्रमणमा परेका थिए । स्थानीय युवाको समूहले रड र ढुंगाले हानेर हत्या गरेको खुल्दै गएको छ । अनिसलाई एक परिचित युवाले फोन गरेर बोलाएका कारण उनी बुद्ध नगरमा पुगेको र त्यहाँ पुगेका पुरीमाथि १० र १२ जनाको समूले आक्रमण गरेको बताइएको छ । 

आक्रमणबाट बच्न भाग्दै गर्दा २ सय मिटर पर पुगेका पूरी पूर्वपश्चिम राजमार्गको किनारमा रहेको पेट्रोल पम्पमा आइपुगेपछि लडेका थिए । पेट्रोल पम्पमा लडेका उनलाई स्थानीयले उद्दार गरी देवदह मेडिकल कलेज पुर्याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

देवदहमा अहिले मेला चलिरहेको छ । केही दिन अगाडि व्यापार मेलाको विषयमा देवदहको खैरेनी र बुद्ध नगरका युवाबीच विवाद हुँदै आएको बताएको छ । मेलास्थलमा सवारीसाधन पार्किङका विषयमा स्थानीय बुद्धनगर र खैरेनीका युवाबीच विवाद उत्पन्न भई केही दिनअघिदेखि नै सम्भावित झडपको अवस्था देखिएको थियो ।

स्थानीयले बताए अनुसार आइतवार दिउँसो समेत मेला स्थलभित्रैै २ समूहबीच झडपको अवस्था आएको थियो । तर आयोजक र सुरक्षा निकायका सक्रियताका कारण झडप हुन पाएन ।

अनिसको मृत्युको खबर पाउनासाथ बेहोस भएका बुबा लोमस पुरी र आमा शोभाको अहिले बुटवल स्थिति गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ । पुरी परिवारका एक्ला छोरा उनी व्यवसायी समेत रहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x