११ साउन २०८३, सोमबार

वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग माग्यो सुरक्षा

फागुन २८, २०७५
वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग माग्यो सुरक्षा

काठमाडौँ -वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसाय र व्यवसायीको सुरक्षा माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार बेलुका संघका अध्यक्ष रोहण गुरुङको घरमा बम बिष्फोट भएको घटनालाई लिएर संघले सरकारसँग सुरक्षा र क्षतिपूर्ति माग गरेको हो ।

मंगलवार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा म्यानपावर व्यवसायीमाथि भएको आक्रमणले सिङ्गो राज्यमाथि सुरक्षा चुनौती थपिएको भन्दै दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न आग्रह गरेको छ ।

गुरुङको घरमा भएको बम विष्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपानिकट युवा संगठनले लिएको थियो । उक्त समूहले केही दिनअघि आर्थिक सहायता माग गरी पत्र पठाएको गुरुङले बताए । 'आर्थिक सहायता उपलब्ध नगराएपछि बम विष्फोट गराइएको हो,' गुरुङले भने, 'मेरो घर, कार्यालय र गाडीमाथि क्षति भएको छ, त्यसको क्षतिपूर्ति दिलाउनका लागि हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौँ ।'

salt training

कमेन्ट गर्नुहोस्