०३ असार २०८३, बुधबार

संसदमा एमालेले राख्यो नयाँ प्रस्ताव, मोर्चाले मान्ला ?

कात्तिक २०, २०७४
संसदमा एमालेले राख्यो नयाँ प्रस्ताव, मोर्चाले मान्ला ?
काठमाडौं १ चैत्र -- नेकपा एमालेले संविधान संशोधन प्रस्तावलाई यथावत राखेर निर्वाचनमा जान प्रस्ताव गरेको छ । यसअघि संशोधन प्रस्ताव फिर्ता लिने अडान राख्दै आएको एमालेले संशोधन थाती राख्न प्रस्ताव गरेको हो ।
व्यबस्थापिका संसदको मंगलवार बसेको बैठकको विशेष समयमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचनमा गएर एमालेलाई ठेगान लगाउन मधेशी मोर्चालाई सुझाव दिएका हुन् ।

‘हाम्रो माग यसलाई फिर्ता गर्नु पर्छ भन्ने हो, फिर्ता नभए यसलाई यथावत राखेर निर्वाचनमा जानु नै बुद्धिमानी हुन्छ’ उनले भने । एमाले दम्भी र जिद्दी भन्ने लागेका भए यही कुरा जनतामा राख्न उनले सुझाव दिए ।

उनले सबै एकजुट भएर स्थानीय निर्वाचन तोकिएको समयै सम्पन्न गर्न माग गरे । उनले मधेशी मोर्चालाई आन्दोलन स्थिगित गरेर नर्वाचनमा होमिन सुझाव दिए । नेम्वाङ बोल्नु अगावै मोर्चाका नेताहरुले संसद बहिस्कार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्