१२ असार २०८३, शुक्रबार

उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले दिए चेतावनी

फागुन २९, २०७५
उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले दिए चेतावनी

काठमाडौं–लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । 

जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

नयाँ पत्रिका दैनिक लेख्छ–भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोस्ट महेश पोखरेल उपत्यकामा ट्युबवेल, डिपबोरिङ र इनारबाट जथाभावी पानी निकाल्न थालेपछि जमिनमुनिको पानी सतह घट्दै गएको बताउँछन् । पानीको सतह गहिरिँदै जाँदा सय–दुई सय वर्ष पुराना ढुंगेधारा, इनार, पोखरीसमेत सुकेका छन् । ‘जमिनमुनि पानी रिचार्ज हुने र निकाल्ने सन्तुलन नहुँदा उपत्यका भासिन सक्ने खतरा छ,’ पोखरेलले भने, ‘तर, तत्काल त्यस्तो कुनै संकेत देखिएको छैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्