
काठमाडौं – भिसा दुरूपयोग गरी गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जनको अभियोगमा ४ जना चिनियाँ अनुसन्धानको दायरामा तानिएका छन्।
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा बसेर गैरकानुनी ढंगमा व्यापाररव्यवसाय गरी अकुत सम्पत्ति जोडेको आरोपमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
उनीहरू कहिले व्यापारिक त कहिले पर्यटक भिसामा बस्दै आएको अनुसन्धानबाट देखिएको छ। व्यापार र पर्यटक भिसामा नेपाल आउजाउ गर्दै आएका ती चिनियाँ अवैध कारोबारमा संलग्न भएको उजुरी परेपछि विभागले छानबिन थालेको हो। उनीहरूले खासगरी सुन र अमेरिकी डलरको अवैध कारोबार गरिरहेको तथ्य फेला पारेपछि विभागले शुक्ष्म अनुसन्धान गरेको हो।