३२ असार २०८३, बिहीबार

नेकपाकै नेता भन्छन् – तिकडम गरे सीके राउतलाई गिरफ्तार गर्नुपर्छ

फागुन २९, २०७५
नेकपाकै नेता भन्छन् – तिकडम गरे सीके राउतलाई गिरफ्तार गर्नुपर्छ

काठमाडौं – सरकारसँगको सहमति कार्यान्वयन गर्नुको सट्टा स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट कानून विपरीतका गतिविधि जारी राखे सीके राउतलाई फेरि गिरफ्तार गर्न सत्तारुढ दलका सांसदले सदनमा आवाज उठाएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकको विशेष समयमा नेकपा सांसद बलराम बास्कोटाले सरकारसँग भएको सहमतिको मसी सुक्न नपाउँदै सीके राउत समूहबाट ताण्डव भइरहेको बताएका हुन् । 

‘सीके राउतले सम्झौतालाई तिकडम गरे भने उनलाई फेरि गिरफ्तार गरेर सरकार अगाडि बढ्नुपर्छ । शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ बास्कोटाले भने ।  

विशेष समयमै नेपाली कांग्रेसका बद्री पाण्डेले सीके राउतको स्वतन्त्र गठबन्धनलाई सरकारले वैधानिकता दिएको आरोप लगाए । ‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरको र्यालीमा ‘फ्री मधेश’ नारा लगाइएको छ । र सीके राउतले जनमत संग्रह मात्र भनेपछि मौन बस्नुले आशंका बढाएको छ,’ पाण्डेले भने ।

विप्लवलाई प्रतिबन्ध लगाउनु अपरिपक्क

सांसद बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय अपरिपक्क भएको बताए । ‘वामपन्थी समूहभित्रको उग्रवामपन्थी धारलाई राजनीतिक उपचार गर्नुपर्दछ । त्यो रोगको शिकार हिजो झापा आन्दोलनको समयमा भएको थिए, अरु साथीहरू पनि भएका थियौं,’ उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा सरकारको परिपक्वता भएन कि ?’

salt training

कमेन्ट गर्नुहोस्