२५ असार २०८३, बिहीबार

थापा केयुको कार्यवाहक उपकुलपति उपकुलपति नियुक्त

कात्तिक २०, २०७४
थापा केयुको कार्यवाहक उपकुलपति उपकुलपति नियुक्त


बनेपा, २ पुस - काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कावा उपकुलपति नियुक्त हुनुभएको छ ।ku

केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई शुक्रबार सो पदमा नियुक्त गर्नुभएको हो ।

उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि उहाँलाई अर्को व्यवस्था नहुन्जेल कावा उपकुलपति नियुक्त गरिएको केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिनुभयो । झन्डै एक सातादेखि केयुमा उपकुपति रिक्त थियो ।

शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मङ्सिर १३ गते गठित छनोट समितिमा प्रा सुरेशराज शर्मा र दमननाथ ढुङ्गाना रहनुभएको छ । केयुमा गत मङ्सिर २६ गते तत्कालीन उपकुलपति डा रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्