
कञ्चनपुर–निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्वडिएसपी ज्ञानबहादुर सेठीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् । डिएसपी सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् । नयाँ पत्रिकाले खबर छापेकाे छ ।
कसलाई कति धरौटी ?
डिएसपी ज्ञानबहादुर सेठी– नौ लाख
इन्स्पेक्टर एकेन्द्र खड्का– नौ लाख
इन्स्पेक्टर जगदीशप्रसाद भट्ट– चार लाख
सइ हरिसिंह धामी– तीन लाख ५० हजार
सइ रामसिंह धामी– तीन लाख
जवान चाँदनी साउद– दुई लाख ५० हजार