२२ असार २०८३, सोमबार

हलमा ‘कागजपत्र’ र ‘प्रेमलीला’

हलमा ‘कागजपत्र’ र ‘प्रेमलीला’

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन ।

आजबाट प्रदर्शन आरम्भ गरेका फिल्म हुन् ‘कागजपत्र’ र ‘प्रेमलीला’ । यी दुई फिल्म फरक–फरक जनराका फिल्म हुन । 

कागजपत्र 
अष्ट्रेलिया जान नक्कली विहे गर्नेहरुको कथामा निर्माण भएको कागजपत्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् । फिल्ममा नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरी, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा लगायतको अभिनय छ । इपी एजुकेशन अष्ट्रलियाको प्रस्तुतीमा तयार भएको फिल्ममा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटी निर्माताको रुपमा छन् ।

त्यस्तै किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्मातामा रहेका छन् भने कार्यकारी निर्मातामा सुरज अधिकारी छन् । क्यम्सिर डिक्सनको छायाँकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । 
फिल्मको बिहीवार राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । 

प्रेमलीला
अन्तरदेशीय प्रेमकथामा निर्माण भएको प्रेमलीलामा दीपशिखा खड्काको अभिनय तथा निर्माण छ । फिल्मका दीपशिखाको सापमा अली खान, मौसम खड्का लगायतको मुख्य भूमिका छ । फिल्मको कथा दीपशिखा आफैले लेखेकी हुन् ।

फिल्ममा निर्देशकको नाम उल्लेख गरिएको छैन् । जनक पाण्डेसंग मनमुटाव भएपछि दीपशिखाले फिल्मबाट उनको नाम हटाएकी हुन् । फिल्मको निर्मातामा नानिमैयाँ कार्की र फैजल फिल्मस् छन् । प्रविन गौतमको छायाँकन रहेको फिल्मलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका हुन ।

दशैंपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले अपेक्षाकृत ब्यापार गर्न नसकिरहेको अवस्थामा यी दुई फिल्मले कस्तो ब्यापार गर्ने हुन्? प्रतिक्षा गर्नुको विकल्प छैन् ।

salt training

कमेन्ट गर्नुहोस्