२९ असार २०८३, सोमबार

विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश वली पक्राउ

विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश वली पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेता हेमन्त प्रकाश वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको हो । उनी नेकपा हेडक्वारर्टरका तेस्रो वरियताका प्रभावशाली नेता मानिन्छन् ।    
उनलाई महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति पक्राउ गरेको हो । 
प्रहरीले उनीसहित  रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की,  देव घिमिरे र लोकेन्द्र खडकालाई पनि पक्राउ गरेको छ । 

काभ्रेबाट काठमाडौं आइरहेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताए । ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटना वलीकै योजनामा भएको प्रहरीको दाबी छ । वली नेकपाका मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत हुन् । 

salt training

कमेन्ट गर्नुहोस्