३१ असार २०८३, बुधबार

सत्तारुढ र प्रतिपक्षीले एक घण्टाको फरकमा बोलाए संसदीय दलको बैठक

सत्तारुढ र प्रतिपक्षीले एक घण्टाको फरकमा बोलाए संसदीय दलको बैठक

काठमाडौं–संघीय संसदको हिउँदे अधिवेशन सकिएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् । नेकपा संसदीय दलको बैठक सोमबार बिहान ११ बजे र कांग्रेस संसदीय दलको बैठक १२ बजेलाई बोलाइएको छ ।

समापन भएको हिउँदे अधिवेशनको समीक्षा र राष्ट्रिय राजनीतिका बारेमा समान धारणा बनाएर जिल्ला फर्किन भन्दै दुवै दलले संसदीय दलको बैठक बोलाएका हुन् । हिउँदे अधिवेशन सकिएको र बजेट अधिवेश शुरु भई नसकेको अवस्थामा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाने भएका कारण पार्टीको धारणा जनतामा माझ के लैजाने भन्ने विषयमा छलफल गर्न बैठक डाकिएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जनाकारी दिए । 

उनले बजेटमा के कस्ता विषय समेट्ने भन्ने विषयमा आमनागरिकको धारणा बुझ्न सांसदहरु निर्वाचन क्षेत्र जान लागेकाे बताए । कांग्रेस संसदीय दलको बैठकमा पनि यीनै विषयमा छलफल हुने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्