२८ जेठ २०८३, बिहीबार

प्रहरीका एसपी र डीएसपीको काजसरुवा

प्रहरीका एसपी र डीएसपीको काजसरुवा

काठमाडौं – प्रहरी प्रधान कार्यालयले एसपी रवीन्द्र केसीलाई काजसरुवा गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काजसरुवा गरिएको छ ।

विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । ३ जना डीएसपीको पनि काजसरुवा गरेर केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।

अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुसाल, अर्जुन केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत महेन्द्र खड्कालाई ब्यूरोमा सरुवा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्