सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले १० जना जुवाडेलाई आइतवार राति नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायब प्रहरी निरीक्षक प्रदिपबहादुर क्षत्रीले नगरपालिका-१ ढोडेखालीमा रहेको भीमबहादुर गुरुङको घरमा जुवा खेल्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
उनीहरूबाट प्रहरीले नगद एक लाख सात हजार रुपैयाँमा र तीन गड्डी तास बरामद गरेको छ ।
जुवा खेल्दै गरेको अवस्थामा पक्राउ पर्नेहरूमा सोही स्थानका निशान्त विक, गणेशबहादुर खडका, चन्द्रबहादुर गुरुङ, कमल खत्री, प्रकाश ओली, खडकबहादुर सिंह रहेका छन् ।
यस्तै वडा नं. २ का लोकबहादुर थापा, वडा नं. ३ बस्ने चन्द्रबहादुर रावत र लोकबहादुर रावत रहेको जिप्रका सुर्खेतले जनाएको छ ।